Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन ०६, २०८१
Sunday, September 22, 2024

काठमाडौँ – नेपाली काँग्रेसका तर्फबाट सरकारमा सहभागी भएका १३ मन्त्रीहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनियताको सपथ ग्रहण गराउनुभएको छ । congress-ministers

प्रधानमन्त्री पुष्पकमल दाहालसँगै काँग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल लगायत काँग्रेस नेताहरु पनि सहभागी हुनुहुन्थ्यो । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भएको २३ दिनपछि काँग्रेसका १३ जना मन्त्री बनेका हुन् ।

यसअघि काँग्रेसबाट उप्रपधान तथा गुहमा बिमलेन्द्र निधि र यातायात मन्त्रीको रमेश लेखकले जिम्मेवारी लिईसक्नुभएको थियो ।

सपथ लिएका मन्त्रीहरुमा कसलाई कसको जिम्मेवारी ?
अर्जुननरसिंह केसी – सहरी विकास
प्रकाशशरण महत – परराष्ट्र
बालकृष्ण खाँड – रक्षा
सूर्यमान गुरुङ – श्रम तथा रोजगार
केशवकुमार बुढाथोकी – सामान्य प्रशासन
रोमी गौचन थकाली – वाणिज्य
सीतादेवी यादव – शान्ति
जीवनबहादुर शाही – पर्यटन
दीपक गिरी – सिँचाइ
नविन्द्रराज जोशी – उद्योग
शंकर भण्डारी – वन
गगन थापा – स्वास्थ्य
हृदयराम थानी – सहकारी तथा गरिबी निवारण

तपाईको प्रतिक्रिया