Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन ०६, २०८१
Sunday, September 22, 2024

काठमाडौँ – काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले तयार गरेको मन्त्री बन्नेको सूचीमा डा. शेखर कोइरालाको नाम हटाएको छ । यसअघि पौडेल पक्षबाट कोइराला मन्त्री बन्ने चर्चा थियो । Dr Shekhar

सभापति देउवाले पनि पहिलो चरणमै शेखरलाई सरकारमा पठाउने तयारी गर्नुभएको थियो तर कोइरालाले परराष्ट्र मन्त्रालय नपाएको भन्दी मन्त्री बन्न अस्वीकार गर्नुभएको थियो । बिहीबार पौडेल पक्षले तयार गरेको सूचीमा पनि कोइरालाको नाम हटाइएको छ । शेखरले भने आफू कुनै गुटबाट प्रतिनिधित्व गर्दै मन्त्री हुन इच्छुक नभएको बताउँदै आउनुभएको आजको राजधानी दैनिकमा खबर छ ।

स्रोतका अनुसार नेविसंघको चुनावबाट पौडेल पक्षधर नेताहरू शेखरदेखि सशंकित भएका छन् । शेखरले सहयोग गरेका उम्मेदवारकै कारण नेविसंघको नेतृत्व गुमाउनुपरेको निष्कर्ष पौडेल पक्षको रहेको छ ।

तपाईको प्रतिक्रिया