Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन ०५, २०८१
Saturday, September 21, 2024

nidhi modhi

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहालका विशेषदूतका रुपमा भारतको भ्रमणमा रहनुभएका उपप्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधीले आज सेभेन रेस् कोर्सस्थित प्रधानमन्त्री निवासमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग शिष्टाचार भेट गर्नुभयो ।
त्यस अवसरमा उहाँहरुबीच नेपाल–भारत सम्बन्धका साथै आपसी हित र चासोका विविध विषयमा विचारविमर्श भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । भेटमा निधीले भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो दिनु भएको बताइएको छ । त्यस्तै, उपप्रधानमन्त्री निधीले मोदीको रोकिएको जनकपुर, मुक्तिनाथ र लुम्बिनी भ्रमणका लागि नेपाल सरकारका तर्फबाट निम्तोसमेत दिएको बताएको छ ।

तपाईको प्रतिक्रिया