Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन ०५, २०८१
Saturday, September 21, 2024

चितवन – नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारमा मन्त्री पठाउने विषयमा पार्टी सभापतिसँग छलफल भई नसकेको बताउनुभएको छ । नेपाल प्रेस युनियन चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले मन्त्री पठाउने विषयमा सभापतिले आफूसँग छलफल नगरेको बताउनुभयो । ramchandra-paudel-1

पुष्पकमल दाहालको नेतृत्वमा सरकारमा जाने विषयमा पार्टीको निर्णय भएको भए पनि त्यसयता पार्टीबाट क–कसलाई मन्त्री बनाउने भन्ने विषयमा कुनै पनि छलफल नभएको उहाँले स्पष्ट पार्नु भयो । मन्त्री पठाउने विषयमा पार्टी सभापति शेरबहादुर देउवालाई सहयोग गर्न आफू तयार रहेको भन्दै उहाँले भन्नुभयो ‘म सहयोग गर्न तयार छु, सहयोग लिनेले सहयोग लिनु पर्‍यो नि ।’

फरक प्रसङ्गमा उहाँले व्यवस्थाको टुङ्गो लाग्न नसक्दा नेपालपछि परेको बताउँदै चीन र रुसको उदाहरण हेरेर देशको विकास गर्नुपर्ने बताउनुभयो । नेपाल विद्यार्थी सङ्घको अधिवेशनका सन्दर्भमा सोधिएको प्रश्नमा उहाँले सभापति र महामन्त्री बाहेकका धेरै पदहरुमा आफ्ना समूहको उम्मेदवारले विजय हासिल गरेको बताउनुभयो ।

तपाईको प्रतिक्रिया