Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन ०५, २०८१
Saturday, September 21, 2024

काठमाडौँ – सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डेले सरकारले दिएको जिम्मेवारीलाई आत्मसात् गर्दै जनताको आवश्यकताअनुरुपको विकासको काम गर्ने बताउनुभएको छ ।

नेकपा माओवादी केन्द्रसङ्घीय जन सम्पर्क मञ्च पालुङ्टार गोरखाले आयोजना गरेको सम्मान तथा बधाई कार्यक्रममा मन्त्री पाण्डेले आफूले मन्त्री पद सम्मालिरहँदा सहिदले देखाएको बाटोमा कटिबद्ध हुँदै निरन्तर रूपमा जनताको आवश्यकताअनुरुपको विकासको काममा समय खर्च गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

संविधान कार्यान्वयनका लागि स्थानीय तहको निर्वाचन अत्यावश्यक रहेको बताउँदै उहाँले भूकम्पपीडितको समस्या समाधान, आर्थिक समृद्धि नै वर्तमान सरकारको प्राथमिकतामा परेकाले सोहीअनुरुप काम गरिने उल्लेख पनि गर्नु भयो ।

तपाईको प्रतिक्रिया