Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन ०५, २०८१
Saturday, September 21, 2024

टोकियो – नेपाली काँग्रेसको जापानमा रहेको भ्रात्तृसंगठन नेपाली जनसम्पर्क समितिको छैठौं अधिवेशनबाट नेतृत्व चयन गर्न भोलि आइतवार हुने भनिएको निर्वाचन अन्यौलताको बाबजुद तोकिएकै मितिमा हुने भएको छ ।

निर्वाचन कमिटीले जनाएअनुसार जिल्लाबाट जापानमा स्थानानान्तरण भई आएका मतदाताहरुको बिषयमा बिबाद बल्झिएपछि निर्वाचन अन्यौलमा परेको हो ।
निर्बाचन कमिटीका अनुसार बिबादित मतदाताहरु अधिकाँश बागलुङ जिल्लाबाट स्थानान्तरण भईआएकाहरु थिए ।
विवादित मतदाताहरुको बारेमा समस्या सल्टाउन बहालवला अध्यक्ष नारायण सुबेदी, महामन्त्री राजेन्द्र जम्मरकट्टेल र नवराज थापा रहेको ३ सदस्यीय कार्यदलले बिबादित भनिएका मतदाताहरुको छानबिन गरी निर्बाचन कमिटीलाई बुझाईसकेकोले पूर्वनिर्धारित मितिमै निर्बाचन गराउन मार्गप्रशस्त भएको निर्वाचन कमिटीका संयोजक महेशकुमार श्रेष्ठले समुद्रपारिलाई बताए ।

नेतृत्वका लागि बहालवला उपाध्यक्ष डिपी कँडेल र एनआरएन जापानका पूर्व अध्यक्ष रोशन केसी आ-आफ्ना प्यानलसहित मैदानमा छन् । प्यानलसहित यसरी निर्बाचनमा उत्रिएको जनसम्पर्क समितिको इतिहासमा पहिलोचोटी हो ।

बिबादित मतदाताका बारेमा छोटो प्रतिक्रिया दिदैं अध्यक्षका दाबेदार कँडेलले सम्बन्धित जिल्ला र पार्टीको केन्द्रिय कार्यालयबाट समेत प्रमाणित गराएर ल्याईसकिएकोले अब पनि बिबाद गर्नुको औचित्य नरहेको भन्दै तोकिएकै मितिमा निर्बाचन हुने बताए ।

यद्यपि केसी पक्षीय प्यानल भने बिबादित मतदाताहरु फर्जी भएको भन्दै निर्बाचन स्थगन गरिनुपर्ने बताउँदै आईरहेका छन् । निर्वाचनलाई प्रभावित पार्ने गरी फर्जी मतदाताहरुलाई मान्यता दिएर एकपक्षिय ढंगले निर्वाचन गराईएमा आफुहरुले भाग नलिने अध्यक्षका उम्मेदवार रोशन केसीले समुद्रपारिलाई बताए ।

केसी पक्षिय प्यानलबाट महामन्त्रीमा रेशम डंगोल र कोषाध्यक्षमा साबित्री लामा मैदानमा छन् । केसी नेतृत्वको प्यानललाई बहालवला अध्यक्ष नारायण सुबेदी, पूर्व अध्यक्ष बलराम श्रेष्ठ, एनआरएन आइसीसी तुल्सीराम खरेल, राजु ढकाल लगायतका अग्रजहरुको समर्थन रहेको बुझिएको छ ।

यसैगरी कँडेल पक्षिय प्यानलबाट रामजंग कार्की महामन्त्रीमा र बाबुराम सापकोटा कोषाध्यक्षमा उम्मेदवारी दिएका छन् । यो प्यानललाई अघिल्लो निर्बाचनमा अध्यक्षमा पराजित पासाङ शेर्पा, एनआरएनका पूर्वअध्यक्ष पारसपणि पोखरेल, आइसीसी सदस्य कपिलदेव थापा लगायतको समर्थन रहेको बताईन्छ ।

जनसम्पर्क समितिको नेतृत्वमा तिब्र प्रतिस्पर्धा देखिए पनि दुवै प्यानलबाट मिश्रित परिणाम आउन सक्ने प्रारम्भिक अनुमान गर्न थालिएको छ ।
जनसम्पर्क समिति जापानको आसन्न अधिवेशनमा यसपटक देखिएको ध्रुविकरण नेपाली काँग्रेस पार्टीभित्रको पुरानो रोग संस्थापन पक्ष र देउवा पक्षको नाममा मौलाएको गुटबन्दीकै प्रतिछाँयाका रुपमा हेरिएको भए पनि त्यसो नभएको काँग्रेसका एक जिम्मेवार कार्यकताले बताए ।
महेशकुमार श्रेष्ठको संयोजकत्वमा आनन्दबहादुर क्षेत्री र मुक्तिराम खनाल (बिनोद) सदस्य रहेको निर्बाचन कमिटीले निर्बाचनका लागि सबै तयारी पुरा भईसकेको जनाएको छ । समितिले पूर्व निर्धारित कार्यक्रम अनुसारनै सबै क्षेत्रहरुमा निर्बाचन हुने जनाएको छ ।****

सम्बन्धित समाचारहरु :
प्रारम्भिक मतदाता नमावली 
निर्वाचन तालिका 
प्यानल सहित रोशन केसीको उम्मेदवारी
प्यानल सहित डिपी कंडेलको उम्मेदवारी 

 

तपाईको प्रतिक्रिया