Deneme Bonusu Veren Siteler
आइतबार, पौष २८, २०८१
Sunday, January 12, 2025

काठमाडौँ – नेपाल आयल निगमले इन्धन वितरण नगर्दा बजारमा एक दिनमै इन्धनको अभाव देखिएको छ । सार्वजनिक बिदा भन्दै निमगले बिहीबार इन्धन वितरण नगर्दा बजारमा चरम अभाव देखिएको हो । 1443432880706_ROS-KTM-petrol

बजारमा इन्धन अभाव हुँदा शुक्रवार अधिकांश पेट्रोल पम्पमा इन्धन भर्ने उपभोक्ताको लाइन लागेको थियो । निगमले बिहीबार जनै पूणिर्माको दिन सार्वजनिक बिदा भएकाले इन्धन वितरण नगर्दा शुक्रवार बजारमा समस्या देखिएको आजको राजधानी दैनिकमा खबर छ । इन्धन वितरण नियममित नहुँदा प्रायः सार्वजनिक बिदाको दिनमा बजारमा इन्धन अभाव हुने गरेको निगमको दाबी छ ।

तर, यसअघि नाकाबन्दीबाहेक सार्वजनिक बिदामा कहिल्यै इन्धनको अभाव भएको थिएन । यस पटक निगमले जानजान यस्तो काम गरेको हो । सार्वजनिक बिदाअगाडि नै पर्याप्त इन्धन वितरण नगरी जानाजान अभाव सिर्जना गरेको उपभोक्ताको गुनासो छ । निजी पेट्रोलियम व्यवसायीले भने निगमले मागअनुसार इन्धन वितरण नगर्दा पम्पमा अभाव भएको बताएका छन् ।

पेट्रोलियम डिलर्स एसोसिएसनका अध्यक्ष लिलेन्द्र प्रधानले सार्वजनिक बिदाको अघिल्लो दिन निमगमले पम्पलाई इन्धन वितरण नगर्दा बजारमा अभाव भएको बताउनुभयो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया