Deneme Bonusu Veren Siteler
आइतबार, पौष २८, २०८१
Sunday, January 12, 2025

काठमाडौँ – एक वर्षमा नेपालबाट दुई सय ८१ जना विदेशी नागरिकलाई निष्कासन गरिएको छ। विभिन्न अपराधमा संलग्नलाई गृह मन्त्रालयले निष्कासन गरेको आजको नयाँ पत्रिकामा खबर छ ।

आर्थिक वर्ष ०७२/७३ मा निष्कासनमा पर्नेमध्ये दुई सय ३६ जना अध्यागमनसम्बन्धी अपराधमा संलग्न छन् । बाँकी ४५ जना अन्य विभिन्न किमिसका फौजदारी अपराधमा संलग्न छन् । अध्यागमन विभागका अनुसार निष्कासनमा पर्नेमा सबैभन्दा धेरै चिनियाँ नागरिक छन् । डलर तस्करी तथा ओभरस्टेमा धेरै विदेशी निष्कासनमा पर्ने गर्दछन् । लागुऔषध, ठगी, तस्करी, यौन दुराचारसम्बन्धी मुद्दामा जेल परेका ४५ जनालाई पनि जेलबाट छुटेपछि निष्कासन गरिएको छ ।

यस्तो मुद्दाका विदेशीलाई १० वर्षसम्म नेपाल आउन नपाउने गरी निष्कासन हुने गरेको छ । त्यस्तै, अध्यागमनसम्बन्धी अपराधमा संलग्नलाई भने एक वर्ष आउन नपाउने गरी निष्कासन हुने गरेको छ । प्राय अवैध गतिविधिमा संलग्नहरू अध्यागमन अवधि नाघेर बस्ने गरेका छन्। धेरै चिनियाँ नागरिक नेपालमा पर्यटक भिसामा बिजिनेस गरेर बस्ने र एक वर्षमा पाँच महिना मात्र बस्ने पाइनेमा धेरै बस्ने गरेको अध्यागमन विभागका महानिर्देशक केदार न्यौपाने बताउनुहुन्छ ।

अहिले पनि अध्यागमनको हिरासतमा नौ विदेशीलाई निष्कासनका लागि राखिएको छ । जसमध्ये एक रसियन नागरिकको नामसमेत खुलेको छैन। उनीसँग कुनै कागजपत्रसमेत नभेटिएको एक अधिकारीले बताउनुभयो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया