Deneme Bonusu Veren Siteler
मंगलबार, कार्तिक २०, २०८१
Tuesday, November 5, 2024

काठमाडौँ –नेविसंघ चुनावपछि काँग्रेस शीर्ष नेताको ध्यान तरुण दलतिर गएको छ । आगामी २४, २५ र २६ गते भदौमा तरुण दलको चौथो महाधिवेशन पोखरा र काठमाडौँमध्ये एक ठाउँमा हुने भएको छ । sher-bahadur-and-ramchandra-paudel

नेविसंघमा झैँ तरुण दल पनि नेतृत्व कब्जा गर्ने होडमा संस्थापन पक्ष र पौडेल पक्षबीच प्रतिस्पर्धा हुने भएको छ । चुनावमा पनि कृष्ण सिटौला पक्षले आफ्नो भूमिका बढाउने तयारी गरेको आजको राजधानी दैनिकमा खबर छ । नेविसंघ केन्द्रीय समितिमा एक महामन्त्रीसहित पदाधिकारीमा ९ सिटमा सिटौला पक्षको विजय भएको छ ।

परिणामपछि सिटौला पक्ष उत्साहित देखिएको छ । तरुण दल अध्यक्षमा सभापति शेरबहादुर देउवा पक्षबाट बर्दियाका जन्मजयन्त तिमिल्सिना र डडेलधुराका कर्ण मल्ल इच्छुक देखिएका छन् ।

तपाईको प्रतिक्रिया