Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन ०५, २०८१
Saturday, September 21, 2024

काठमाडौँ – नेपाली काँग्रेसले मन्त्री छान्न ढिलाइ गरेको कारण मन्त्रीपरिषद्ले पूर्णता पाउन सकेको छैन ।

दुई साताअघि प्रधानमन्त्री प्रचण्डसँगै सपथ ग्रहणमा दुई जना मन्त्री पठाएको काँग्रेसले थप मन्त्रीको नाम छनोट गर्न नसक्दा प्रचण्ड नेतृत्वको मन्त्रीपरिषद्ले पूर्णता पाउन नसकेको आजको राजधानी दैनिकमा खबर छ । सत्ता गठबन्धनमा १३ वटा मनत्रालय लिने सहमति गरेको काँग्रेसले नेविसंघको महाविेशनलगत्तै मन्त्री छनोट गर्ने जनाए पनि अझैं केही दिन ढिलाइ हुने बताइएको छ ।

यसअघि नेकपा एमाले अध्यक्ष केही शर्मा ओली नेतृतवको सरकार ढालेर काँग्रेस–माओवादी गठबन्धन निर्माण गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेका उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि भारत भ्रमणमा रहेको कारण काँग्रेसबाट थप मन्त्री पठाउन ढिलाइ भएको स्रोतको भनाइ छ । सभापति शेरबहादुर देउवाको विश्वासपात्र रहनुभएका निधि सरकारमा काँग्रेसको नेतृत्व गनुभएको छ । काँग्रेसभित्र मन्त्री छनोटमा आन्तरिक विवाद पनि कायम छ ।

प्रधानमन्त्री प्रचण्डका दूतका रूपमा भारत भ्रमणमा रहेका मन्त्री निधि सोमबार फर्किएपछि माात्र काँग्रेसले थप मन्त्रकिो नाम तय गर्ने बताइएको छ ।

तपाईको प्रतिक्रिया