Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन ०५, २०८१
Saturday, September 21, 2024

काठमाडौँ – भारत भ्रमणमा रहनुभएका उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिले आजबाट उच्चस्तरीय भेटवार्ता सुरु गर्दै हुनुहुन्छ । 1471523039943_RS_KTM_160818_IMG_0179

प्रधानमन्त्री पुष्पकमल दाहालका विशेष दूतका रूपमा नयाँ दिल्लीमा पुग्नुभएका निधिले आज साँझ भारतीय राष्ट्रपति प्रणव मुखर्जीसँग भेटवार्ता गर्ने कार्यक्रम छ । राष्ट्रपति भवनमै हुने भेटवार्तामा दुई पक्षीय हित लगायतका विषयमा छलफल हुने बताइएको छ । त्यस क्रममा निधिले राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणापत्र भारतीय राष्ट्रपति मुखर्जीलाई हस्तान्तरण गर्नुहुनेछ ।

संविधान जारी भएको दिन असोज ३ गते आयोजना गरिने विशेष कार्यक्रमको प्रमुख अतिथिका रूपमा भारतीय राष्ट्रपतिलाई निमन्त्रणा गर्न लागिएको हो । त्यसअघि गृहमन्त्री निधिले भारतीय गृहमन्त्री राजनाथ सिंहसँग आजै दिउँसो भेटवार्ता गर्ने बताइएको छ ।

भेटमा नेपाल–भारत सुरक्षा मामिला लगायतका छलफल हुने छ । गृहमन्त्री निधिले शनिवार बिहान भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट्ने कार्यक्रम छ ।

तपाईको प्रतिक्रिया