Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन ०५, २०८१
Saturday, September 21, 2024

काठमाडौँ – नेपाली काँग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघको ११ औँ महाधिवेशन अन्तर्गत केही बेरमा मतदान सुरु भएको छ । उद्घाटन भएको ११ दिनपछि संघको नयाँ नेतृत्व चयनका लागि आज निर्वाचन शुरु भएको हो ।

बिहान ७ बजेदेखि मतदान सुरु हुने भए पनि केही ढिला भएको निर्वाचन समितिका सदस्य कृष्ण पनेरुले समुद्रपारिलाई जानकारी दिनुभयो । विधुतीय मतदान हुने भएकाले भोलि बिहानसम्ममा सबै पदको नतिजा आउन सक्ने पनेरुले बताउनुभयो । निर्वाचनका लागि मतदाताबाट चुनिने १ सय २९ पदका लागि ६ सय ८५ जनाको उमेदवारी परेको छ । कुल १ सय ५१ सदस्यीय कार्यसमितिमध्ये १ सय २९ जना मतदानबाट र बाँकी मनोनीत हुनेछन् । एक अध्यक्ष, ११ उपाध्यक्ष, दुई महामन्त्री १३ सहायकमन्त्री, एक कोषध्यक्ष र १ सय १ जना केन्द्रीय सदस्य निर्वाचनबाट चयन हुनेछन् । 1

नयाँ नेतृत्वका लागि सभापतिमा ७ जनाको उम्मेदवारी परेको थियो । सभापतिमा नैनसिंह महर, मनोजमणि आचार्य, आनन्दराज त्रिपाठी, शुभराम बस्नेत, लक्ष्मण आचार्य, नगेन्द्रसिंह ठकुरी र बचन कार्कीको उम्मेदवारी परेको हो । नैनसिंह महर काँग्रेस सभापति शेरबहादुर देउवा र नेता कृष्णप्रसाद सिटौलाको पक्षको साझा उम्मेदवार बन्नुभएकाले उहाँको विजयी हुने अनुमान गरिएको छ । महरको टिममा सिटौला पक्षका विद्यार्थी नेता कुन्दन राज काफ्ले महामन्त्री पदमा उम्मेदवार समेत बन्नुभएको छ । यस्तै आचार्य र त्रिपाठी नेता रामचन्द्र पौडेल पक्षका र बस्नेत खुमबहादुर खड्का पक्षका हुन् । दुई महामन्त्री पदका लागि ५ जनाको उम्मेदवारी परेको छ भने एक कोषाध्यक्ष पदका लागि ४ जनाले उम्मेदवारी दर्ता गराएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

प्रतिनिधि छनोटको विवादका कारण महाधिवेशन उदघाटन भएको १० औँ दिनमा बल्ल उम्मेदवारी दर्ता भएको थियो । यसैबिच, एक सहमहामन्त्री सहित ५ जना सदस्यहरू निर्विरोध निर्वाचित भएका छन् । यसरी निर्विरोध चयन हुनेमा परमेश्वर शाह मधेसी आरक्षण कोटाबाट सहमहामन्त्री र सदस्यहरूमा छात्रा मुस्लिम आरक्षण कोटाबाट सितारा बानु, अपाङ्ग छात्रा आरक्षणतर्फ कल्पना खड्का, पिछडिएको क्षेत्र छात्रातर्फ सुमित्रा शाही रहनुभएको छ ।

कृषि तथा वन विज्ञान विश्वविद्यालय तर्फ एक केन्द्रीय सदस्यमा सरोज रेग्मी निर्विरोध निर्वाचित हुनुभयो ।

तपाईको प्रतिक्रिया