Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन ०५, २०८१
Saturday, September 21, 2024

चितवन – भैरहवाबाट काठमाडौँतर्फ जाँदै गरेको लु १ ख ९३६१ नंको बस र काठमाडौँबाट धरान जान आउँदै गरेको ना ४ ख ४५१६ नंम्बरको बस हिजो राती पृथ्वी राजमार्गको फिस्लिङमा एक आपसमा ठोक्किदा तीन जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार मृतकहरुको सनाखत हुन सकेको छैन । मृतकहरुमा अन्दाजी २२ वर्षीया एक महिला, अन्दाजी ३० वर्षीय एक पुरुष र अन्दाजी तीन वर्षीय एक बालकको मृत्यु भएको हो । बालकको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइतेको उद्धार गरी उपचारका लागि केहीलाई काठमाडौँ र केहीलाई भरतपुर ल्याइँदै गरेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया