Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन ०५, २०८१
Saturday, September 21, 2024

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काभ्रेको विर्तादेउरालीमा भएको बस दुर्घटनाप्रति दुःख व्यक्त गर्दै घाइतेहरुको उद्धारमा सम्पूर्ण संयन्त्र परिचालन गर्न गृहमन्त्रालयलाई निर्देशन दिनुभएको छ ।

प्रधानमन्त्री प्रचण्डले सम्पूर्ण पार्टी पंक्तिलाई उद्धार कार्यमा सक्रिय हुन पनि निर्देशन दिनुभएको छ । घटनाको जानकारी पाएलगत्तै प्रधानमन्त्री प्रचण्डले गृहमन्त्री विमलेन्द्र निधिलाई फोन गरी तत्काल उद्धार कार्य प्रभावकारी बनाउन निर्देशन दिनुभएको हो ।

काठमाडौँबाट काभ्रेको कोशीपारी जाँदै गरेको बस विर्तादेउरालीमा दुर्घटना हुँदा कम्तीमा ३० जनाको मृत्यु भएको छ भने दर्जनौं घाइते भएका छन् ।

तपाईको प्रतिक्रिया