Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन ०५, २०८१
Saturday, September 21, 2024

काभ्रे – काभ्रेको बिर्तादेउरालीमा यात्रुबहाक बस दुर्घटनामा कम्तीमा ३० जनाको मृत्यु भएको छ । घटनास्थल पुगेको प्रहरीले ३० ओटा शव संकलन गरिसकिएको र अरुको खोजी भइरहेको प्रहरीले जनाएको छ । 13989503_1362072283820433_727945567_n

काठमाडौंबाट काभ्रेको कोसीपारी जाँदै गरेको बा ३ ख १०६ नम्बरको बस बिर्तादेउराली–७ खहरेखोलानजिकैको डाँडाबाट खसेर दुर्घटना भएका हो । दुर्घटनामा ३५ बढी घाइते भएको अनुमान गरिएको छ ।

कच्ची बाटोका कारण घाइतेहरुलाई अस्पताल ल्याउन कठिनाइ भइरहेकाले हेलिकोप्टर मगाइएको छ । घटनास्थलमा पानी परिरहेकाले उद्धारमा कठिनाइ भएको छ ।

कच्चीबाटोमा गाडी ‘ओभर लोड’ भएकै कारण दुर्घटना भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।

फोटो सौजन्यः माधवप्रसाद तिवारी

तपाईको प्रतिक्रिया