Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन ०५, २०८१
Saturday, September 21, 2024

काठमाडौँ – भारतको ७० औँ स्वतन्त्रता दिवसका अवसरमा काठमाडौँस्थित भारतीय राजदूतावासमा आज आयोजित विशेष समारोहमा झन्डोत्तोलन गरियो । 1471248571009_RoS_KTM_160815_IMG_7487

कार्यक्रममा नेपालका लागि भारतीय राजदूत रणजीत रायले भारतको राष्ट्रिय झन्डा फहराउँदै भारतीय स्वतन्त्रताका लागि भएको सङ्घर्षको स्मरण गर्नुभयो । रायले स्वतन्त्रता दिवसको अवसरमा भारतीय राष्ट्रपतिको तर्फबाट प्राप्त सन्देश पढेर सुनाउनुभएको थियो । भारतीय राष्ट्रपतिको सन्देशमा अफ्रिका तथा एसिया प्रशान्त क्षेत्रमा पारस्परिक समझदारीका साथ त्यस क्षेत्रका मुलुकहरुसँगको ऐतिहासिक सम्बन्धलाई मजबुत बनाउने दिशामा भारतको विदेश नीति केन्द्रित रहेको उल्लेख छ ।

उक्त अवसरमा भारत सरकारका तर्फबाट नेपाललाई ४० वटा एम्बुलेन्स र आठवटा बस हस्तान्तरण गरिएको थियो भने पूर्व भारतीय सैनिकका १४ विधवा, आश्रित तथा शारीरिक रूपले अशक्तलाई रु चार करोडको चेक र कम्बल हस्तान्तरण गरिएको थियो । दूतावासले नेपालका दुर्गम र विभिन्न स्थानमा रहेका ५९ वटा पुस्तकालय, शैक्षिक तथा तालिम प्रतिष्ठानलाई पुरस्कार पनि बाँडेको छ ।

सन् १९४७ मा भारत बेलायती उपनिवेशबाट स्वतन्त्र भएको थियो ।

तपाईको प्रतिक्रिया