Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024

काठमाडौँ – सरकारबाट बाहिरिएपछि पहिलो पटक आज नेकपा (एमाले) स्थायी कमिटीको बैठक बस्दैछ । yamela

नयाँ सरकार गठनपछिको स्थिति, पार्टीको भूमिका, पार्टीका प्रदेश कमिटी विस्तार, जनपरिचालन लगायतका विषयमा बैठक हुन लागेको एमाले केन्द्रीय कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिनुभयो । अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारको पनि बैठकमा समीक्षा हुने बुझिएको छ । बैठक पार्टीको केन्द्रीय कार्यालय धुम्रबाराहीमा ३ बजे बस्नेछ ।

नेकपा माओवादी केन्द्रले सरकारको समर्थन फिर्ता लिई नेपाली काँग्रेससँग मिलेर अविश्वास प्रस्ताव ल्याएपछि तत्कालीन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले यही साउन ९ गते पदबाट राजीनामा दिनुभएको थियो ।

तपाईको प्रतिक्रिया