Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन ०३, २०८१
Thursday, September 19, 2024

काठमाडौं – ब्राजिलको रियो दि जेनेरियोमा जारी ओलम्पिक गेम्सको पदक तालिकामा अमेरिका र चीनको प्रतिस्पर्धा जारी छ । Rio Olympics Swimming

आज पाँचौ दिनको खेलहरू चलिरहँदासम्म १० स्वर्ण पदकसहित अमेरिका शीर्ष स्थानमा रहेको छ भने ९ स्वर्ण पदक जितेको चीन दोस्रो स्थानमा छ । ओलम्पिक सुरु भएदेखि नैं पदक तालिकाको शीर्ष दुई स्थानमा रहेका चिन र अमेरिका प्रतिस्पर्धामा छन् । एथ्लेटिक्सका खेलहरू सुरु भएपछि चीनलाई छोडेर अमेरिका अघि लाग्ने विश्वास गरिएको छ ।

पाँचौ दिनसम्म आईपुग्दा ६ स्वर्ण पदक जितेको जापान तालिकाको तेस्रो स्थानमा छ । रुस, दक्षिण कोरिया, हंगेरी र अस्ट्रेलियाले ४–४ वटा स्वर्ण पदक जितेका छन् भने ईटाली र बेलायतले ३–३ स्वर्ण हात पारे । यस्तै फ्रान्स र थाईल्याण्डले २–२ वटा स्वर्ण पदक जितेका छन् ।

रियो ओलम्पिकमा हालसम्म ५१ राष्ट्रले पदक तालिकामा नाम लेखाएका छन् । ओलम्पिकमा आज विभिन्न ११ खेलमा स्वर्ण पदकको लागि प्रतिस्पर्धा जारी छ । ***

तपाईको प्रतिक्रिया