Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन ०३, २०८१
Thursday, September 19, 2024

अमेरिका – अमेरिकामा डेमााक्रेटिक पार्टीको तर्फबाट राष्ट्रपतिको उमेद्वार बनेकी हिलारी क्लिन्टनले इतिहास रचेकी छिन् । अमेरिकामा राष्ट्रपति पदमा उमेद्वारी दिने उनी पहिलो महिला हुन् । तर राष्ट्रपति बन्न उनलाई त्यति सजिलो भने छैन ।

hilari

क्लिन्टन अल्पसंख्यक तथा महिलाकाबिच लोकप्रिय छिन् । यसले उनलाई चुनावमा केही राहत पक्कै मिल्ने छ । तर चुनावमा क्लिन्टनले जित्ने केही ग्यारेन्टी छैन ।

हिलारीले चुनाव जित्न नसक्ने ३ कारण

१. ट्रम्फसँग सामना

क्लिन्टको सामुन्ने बहुत शक्तिशाली प्रतिद्धन्द्धी डोनाल्ड ट्रम्फ खडा छन् । उनको सन्देश पहिले नै प्रष्ट छ ‘अमेरिकालाई फेरि महान बनाउने ।’ यस अर्थमा हिलारी क्लिन्टनको सन्देश प्रष्ट छैन । २००८ मा हिलारीको चुनाव प्रचार प्रसारमा खटिएका एक सहसंयोजकले भनेका छन् ‘पहिलाको जस्तो जनताप्रति झुकाब भन्दा पनि हिलारीको अहिले अन्य संस्थाप्रति झुकाव छ ।’

२. हिलारी तथा विवाद

डेमोक्रेटिक पार्टीको राष्ट्रिय सम्मेलनमा जनताले उनको समर्थन गरे । तर अमेरिकाका सबै नागरिक उनको पक्षमा छैनन् । यसले उनलाई राष्ट्रपति चुनावमा घाटा गर्छ नै । हिलारीलाई लिविया तथा इमेल विवादका कारण पनि धेरैले विश्वास गर्दैनन् ।

३. इतिहास

इतिहासले पनि हिलारीको पक्षमा मत नरहेको प्रष्ट पारेको छ । अमेरिकामा एउटै पार्टीले लगातार राष्ट्रपति चुनावमा तीन पटक जितेको इतिहास छैन । यस्तो नतिजा एक पटक रिपब्लिकनले राखेको थियो । सन् १९८८ मा रिपब्लिकनको तर्फबाट तेस्रो पटक चुनाव जितेर जर्ज डब्लु बुस राष्ट्रपति भएका थिए ।

तपाईको प्रतिक्रिया