Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन ०३, २०८१
Thursday, September 19, 2024

काठमाडौँ – सरकारबाट बाहिरिएको २० दिनपछि संसद्को तेस्रो ठूलो दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री बनेसँगै सत्ता फेरबदलको राजनीतिक क्रमले मूर्तरुप लिएको छ ।

दोस्रो ठूलो दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा संयुक्त सरकार बनाउन निर्णायक भूमिका खेलेका माओवादी केन्द्रले ओली सरकार ढाल्न पनि मुख्य भूमिका निर्वाह गर्यो । सबैभन्दा ठूलो दल नेपाली काँग्रेसको समर्थनका कारण प्रधानमन्त्रीमा दाहाल ओलीले भन्दा २५ मत बढी प्राप्त गरी निर्वाचित हुनुभएको छ ।

bfxfn g]kfnsf] #( cf}F k|wfgdGqL g]skf -dfcf]jfbL s]Gb|_sf cWoIf k'iksdn bfxfn g]kfnsf] #( cf}F k|wfgdGqLdf lgjf{lrt ePkl5 clejfbg ug'{x'Fb} . tl:a/ M k|bLk/fh jGt, /f;;

आज बिहान ११ बजे बस्ने भनिएको बैठक केहीबेर ढिला भई सुरु भएको थियो । उम्मेदवारको सूचनाको प्रस्तुतिपछि प्रस्तावक तथा समर्थकले मन्तव्य दिएसँगै सभामुख ओनसरी घर्तीले प्रस्तावलाई मत विभाजनका लागि निर्णयार्थ प्रस्तुत गर्नुभएको थियो ।

नयाँ बानेश्वरको संसद् बैठकमा निर्वाचित भएको घोषणासँगै दाहाललाई बधाई दिन सांसदको भीड लागेको थियो । काँग्रेस सभापित शेरबहादुर देउवा लगायतको बधाईका साथै प्रधानमन्त्री ओलीले पनि उहाँलाई हात मिलाएर बधाई दिनुभयो । सभामुख घर्तीले बधाईका लागि प्रधानमन्त्रीको कक्षमा व्यवस्था मिलाएको जानकारी दिए पनि सांसदहरु बैठक कक्षमा खादा र माला लिएर लाइनबद्ध देखिएका थिए ।

समाजवादी जनता दलका अध्यक्ष प्रेमबहादुर सिंहले त दुबोकै माला लगाइदिनुभयो । बधाई दिने क्रममा एमालेका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्रीद्वय झलनाथ खनाल र माधवकुमार नेपाल दाहालको आशनमा पुग्नुभएको थियो भने ओलीले आफ्नै आशनमा आइपुगेका दाहाललाई हात मिलाएर बधाई दिनुभएको थियो ।

निर्वाचित भएको घोषणापूर्व पनि सांसदले हाउभाउबाट दाहाललाई बधाई दिइरहेको देख्न सकिन्थ्यो । त्यही बीचमा राप्रपाका सांसद सुनील बहादुर थापाको मोबाइलबाट दाहालले कतै फोनमा कुराकानी पनि गर्नुभएको दृश्य फोटो पत्रकार र दर्शक दीर्घाका सहभागीका लागि रोचक बनेको थियो ।

माओवादी केन्द्रले गत साउन २८ मा सरकारबाट बाहिरिने निर्णय गरेको थियो भने सो दल र काँग्रेस मिलेर ओलीको विरोधमा २९ गते अविश्वासको प्रस्ताव दर्ता भएको थियो । प्रधानमन्त्री ओलीको राजीनामा पछि सहमतीय सरकार बन्न नसकेपछि राष्ट्रपतिको आह्वानमा संसद्ले बहुमतका आधारमा दाहाललाई प्रधानमन्त्री चयन गरेको हो । एमाले वा अन्य दलले उम्मेदवारी नदिए पनि संसद्को नियमावली बमोजिम एकल उम्मेदवारका लागिसमेत मतदान हुँदा दाहालले ३६३ मत प्राप्त गर्न सफल हुनुभयो ।

उहाँलाई काँग्रेस, मधेसी मोर्चामा रहेका दल, मधेसी जनाधिकार फोरम (लोकतान्त्रिक), राष्ट्रिय प्रजातन्त्र पार्टीलगायत दलले समर्थन गरेका थिए । कुनै पनि उम्मेदवारी नदिने निर्णय गरेको एमाले र यसमा सहमत दलले दाहालको विपक्षमा मत हालेका थिए । विपक्षमा २१० मत खसेको थियो । विपक्षमा एमालेसँगै राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल, नेकपा (माले), राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टीलगायत दलले मत हालेका थिए ।

नवनिर्वाचित प्रधानमन्त्री दाहाललाई निवर्तमान सरकारले अघि सारेका तथा राष्ट्रिय मुद्दा रहेका संविधान संशोधन, पुनःनिर्माण, नीति तथा कार्यक्रम, बजेट र आर्थिक विकासलाई सबैको सहयोगमा अघि बढाउने चुनौती छ ।

मधेसी मोर्चासँग संविधान संशोधनलगायतका विषयमा सहमति भएर दाहाल निर्वाचित भए पनि एमाले र राप्रपा नेपाल विपक्षीको भूमिकामा रहने भएकाले सजिलै संविधान संशोधन वा सीमाङ्कनको मुद्दा टुङ्गिने स्थिति नरहेको विश्लेषकहरु औँल्याउँछन् ।

तपाईको प्रतिक्रिया