Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024

काठमाडौँ – सरकारको नेतृत्व गरिरहेको दल एमालेले आज हुन लागेको प्रधानमन्त्री निर्वाचनमा उम्मेदवारी नदिने निर्णय गरेको छ ।

काँग्रेस र माओवादीले मुलकुकमा राजनीतिक रिक्तता सिर्जना गर्ने षड्यन्त्र गरेको निष्कर्षसहित एमालेले प्रधानमन्त्रीमा उमेदवारी नदिने निर्णय गरको जनाएको आजको राजधानी दैनिकमा खबर छ । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको स्थायी कमिटी बैठकले पार्टीको तर्फबाट प्रधानमन्त्रीको उम्मेदवारी नदिई काँग्रेस माओवादी गठबन्धका उम्मेदवारको विपक्षमा मतदान गर्ने निर्णय गरेको थियो ।

यसअघि पार्टीका उपाध्यक्ष बामदेब गौतम र संसदीय दलका उपनेता सुवास नेम्वाङको प्रधानमन्त्री उम्मेदवार बन्ने चर्चा थियो । तर, बैठकले विपक्षी गठबन्धनको स्पष्ट बहुमत पुगिसकेको भन्दै उमेदवार नउठाउने निर्णय गरेको हो ।

बैठकको सुरुमा प्रधामन्त्री केपी शर्मा ओलीले पार्टीको तर्फबाट प्रधानमन्त्रीमा उम्मेदवारी नदिनु नै उचित हुने प्रस्ताव गर्नुभएको थिए । उहाँको प्रस्तावलाई बैठकले अनुमोदन गरेको हो ।

तपाईको प्रतिक्रिया