Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024

काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नयाँ सरकारमा नेपाली काँग्रेसका तर्फबाट नेता विमलेन्द्र निधिले पार्टीको नेतृत्व गर्ने हुनुभएको छ ।Bimalendra-Nidhi

नयाँ गठबन्धन निर्माणमा सक्रिय नेता निधिलाई नै सभापति शेरबहादुर देउवाले नेतृत्वसहित सरकारमा पठाउने तयारी गरिएको आजको नागरिक दैनिकमा खबर छ । प्रधानमन्त्रीको सपथसँगै काँग्रेसका तर्फबाट निधिसहित केही नेताले सपथ लिने देउवा निकट स्रोतको दाबी छ । बाँकी मन्त्रालयमा भने पार्टीको प्रमुख भ्रातृ संगठन नेपाल विद्यार्थी संघको महाधिवेशनपछि मात्र मन्त्री पठाउने देउवाले आन्तरिक गृहकार्य गर्नुभएको छ ।

‘पहिलो चरणमा पार्टीका तर्फबाट २र३ जनाको संख्यामा सरकारमा सहभागी गराउने तयारी छ,’देउवानिकट स्रोतले भन्यो,‘बाँकी मन्त्रालयमा केही समयपछि मात्र मन्त्री सहभागी हुनेछन् ।’

एकैपटक मन्त्री पठाउँदा त्यसको असर नेविसंघ महाधिवेशनमा पर्नसक्ने भन्दै देउवाले चरणबद्ध रुपमा पठाउने रणनीति बनाएको स्रोतको दाबी छ ।

तपाईको प्रतिक्रिया