Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024

काठमाडौँ – नेपाली काँग्रेस, माओवादी केन्द्र र संयुक्त लोकतान्त्रिक मधेसी मोचासहितको संघीय गठबन्धनबीच तीनबुदे सहमति भएको छ ।

तीन दलको कार्यदलस्तरमा सहमतिको मस्यौदा तयार भएको र अब शीर्ष नेताहरू बसेर अन्तिम रूप दिनुका साथै हस्ताक्षर गर्ने वार्तामा सहभागी नेताहरूले बताएका छन् । कार्यदलले तयार पारेको सहमतिको मस्यौदाको पहिलो बुँदामा सङ्घीय गठवन्धन र मधेसी मोर्चाले उठाएका मागका सन्दर्भमा तत्काल सम्बोधन गर्न सकिने मागहरू क्याविनेटबाट सम्बोधन गर्ने उल्लेख छ ।

यस्तै दोस्रो बुँदामा संविधानका सन्दर्भमा गठबन्धनले २६ र मोर्चाको ११ बुँदे मागलाई सन्दर्भ मानेर राजनीतिक सहमतिका आधारमा चाँडो सीमांकन लगायतका विषयमा संविधान संशोधन प्रस्ताव संसदमा दर्ता गर्ने उल्लेख छ । तेस्रो बुँदाका काँग्रेस र माओवादीले प्रस्ताव गरेका प्रधानमन्त्रीका उम्मेदवारलाई मत दिने पनि उल्लेख छ ।

तपाईको प्रतिक्रिया