Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024

टोकियो – तमु जातिहरुको सांस्कृतिक धरोहरको रूपमा रहेको रोंधी प्रथालाई बचाई राख्न हरेक वर्ष तमु धीं जापानले आयोजना गर्दै आइरहेको यस वर्षको २० औ रोंधी साँझ २०१६ कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको छ । FullSizeRender

तमु धींका अध्यक्ष श्री गुरुङको अध्यक्षतामा सिन–ओकुबो स्थित नमस्ते गीत गजल रेस्टुरेन्टमा गत आइतबार बसेको बैठकले सम्पूर्ण तयारी पुरा भएको बताएको हो । यही आउँदो अगस्त १४ तारिख आइतबार बेलुका ५ बेलुका देखि टोक्योको मेगुरोमा अवस्थित मेगुरो कुमिन सेन्टरको हलमा गरिने भएको छ ।

कार्यक्रमलाई भव्य र सफल गराउन रोधींका वरिष्ठ उपाध्यक्ष अनिता गुरुङ्को संयोजक र उपाध्यक्ष युक्तमान गुरुङ उप–संयोजक रही विभिन्न उप–समितिहरू गठन गरिएको जानकारी पनि गराईएको छ ।

जापानबासी महानुभाहरुलाई उक्त कर्यक्रममा सहभागी भई भव्य रूपमा सफल गरी दिनु तमु धीं जापानका अध्यक्ष श्री गुरुङले हार्दिक अनुरोध गर्नु भएको छ ।

तपाईको प्रतिक्रिया