Deneme Bonusu Veren Siteler
सोमबार, पौष २९, २०८१
Monday, January 13, 2025

काठमाडौं – सशस्त्र द्वन्द्वका समयमा भएका घटना छानबिन गर्न बनेको सत्य निरूपण तथा मेलमिलाप आयोगमा ५३ हजार उजुरी दर्ता भएका छन् । तत्कालीन विद्रोही माओवादी र सरकारी पक्षबाट भएका घटनाको सत्यतथ्य छानबिन गर्ने जिम्मेवारी पाएको आयोगले तीन महिनाको अवधि दिएर उजुरी आह्वान गरेको थियो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

TRC-Nepal

तीन महिनामा ५३ हजार १६ उजुरी परेको आयोगका अध्यक्ष सूर्यकिरण गुरुङले जानकारी दिनुभयो । उहाँले उजुरीको संख्या हेर्दा धेरै घटनामा उजुरी परेजस्तो लागे पनि एउटै घटनामा पनि धेरै उजुरी परेको हुनसक्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘एकैपटक यति धेरै उजुरी आयो भन्दै आत्तिनुपर्ने अवस्था छैन, एउटै घटनामा पनि धेरै उजुरी आएको हुन सक्छ । आयोगले ५ वैशाखदेखि असार मसान्तसम्मको समयसीमा तोकेर पीडितबाट उजुरी आह्वान गरेको थियो ।

पीडित पक्षले उजुरी दिने समय अपुग भएको भन्दै गुनासो गरेपछि २७ साउनसम्मको समय सीमा बढाइएको छ । थपिएको समयसीमामा भने स्थानीय शान्ति समितिमा नभई केन्द्रीय कार्यालयमा उजुरी दिन सकिने व्यवस्था छ । पीडितले फोन, फ्याक्स, इमेल तथा हुलाकमार्फत पनि उजुरी दिन सक्छन्।

आयोगबाट लिइएको पछिल्लो तथ्यांकअनुसार सबैभन्दा धेरै उजुरी मध्यपश्चिमाञ्चल विकास क्षेत्रबाट परेको छ । मध्यपश्चिमबाट १८ हजार ८ सय ८० वटा उजुरी परेको छ भने सबैभन्दा कम २ हजार ७ सय ४२ वटा उजुरी आयोगको केन्द्रीय कार्यालयमा दर्ता भएको छ ।

पूर्वाञ्चलमाबाट ६ हजार ४ सय, मध्यमाअञ्चलबाट ६ हजार ६ सय ४८, पश्चिमाञ्चलबाट ८ हजार ६ सय ७४ र सुदूरपश्चिमाञ्चलबाट ९ हजार ६ सय ७२ वटा उजुरी परेका छन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

तपाईको प्रतिक्रिया