Deneme Bonusu Veren Siteler
सोमबार, पौष २९, २०८१
Monday, January 13, 2025

काठमाडौं – पाँच महिनाअघि प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको नयाँ दिल्लीमा स्वीच थिचेर ८० मेगावाटको विद्युत आयातको शुभारम्भ गर्नुभयो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

bijuli

ढल्केबर–मुजफ्फपुर अन्तरदेशीय प्रसारण लाइनमार्फत नेपाल ल्याइने यो बिजुली आयातको खबरले लोडसेडिङ घट्ने भयो भनेर काठमाडौंवासी धेरै खुसी भए पनि अझै यो बिजुली काठमाडौं आइपुगेको छैन ।

आगामी हिउँददेखि २ सय मेगावाट र दुई वर्ष्भित्र ६ सय मेगावाट बिजुली ल्याएर लोडसेडिङ घटाउने सरकारी योजना छ, तर त्यो बिजुली काठमाडौं ल्याउन अझै प्रसारण लाइन भने बनिसकेको छैन।

विद्युत प्राधिरकणका अधिकारीहरुका अनुसार काठमाडौंसम्म बिजुली ल्याउन द्विपक्षीय प्रणालीको सिंक्रोनाइज र व्यावसायिक सम्झौताभन्दा पनि ठूलो समस्याको रुपमा प्रसारणलाइन निर्माण देखिएको छ ।

ढल्केबर–मुजफ्फपुर अन्तरदेशीय प्रसारण लाइनमार्फत बिजुली ल्याउनका लागि सबैभन्दा पहिला ढल्केबर सबस्टेसन निर्माण हुनुपर्छ तर त्यो अझै निर्माण भइसकेको छैन ।
आगामी डिसेम्बरसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएपनि प्राधिकरणका अधिकारीहरु पूरा हुन कठिन रहेको बताउँछन् ।

हाल १ सय ३२ केभीको अस्थायी ट्रान्सफर्मर राखेर ८० मेगावाट नेपालले आयात गरिरहेको छ । आजको कारोबार दैनिकमा खबर छ ।

तपाईको प्रतिक्रिया