Deneme Bonusu Veren Siteler
बिहिबार, पौष ११, २०८१
Thursday, December 26, 2024

काठमाडौँ – सर्वसाधारण नेपाली प्रतिकारमा उत्रिएपछि भारतीय पक्षले तिलाठीनजिक तत्काल कुनै किसिमको तटबन्ध नबनाउने सहमति भएको छ ।

शुक्रवार दिउँसो सीमावर्ती कुनौली बजारस्थित कोसी योजनाको भवनमा भएको दुई देशीय सुरक्षा अधिकारी सम्मिलित बैठकमा यस्तो सहमति भएको आजको कान्तिपुर दैनिकमा खबर छ । भारतीय पक्षले बिहीबार एकतर्फी रूपमा दशगजा मिचेर तटबन्ध निर्माण गर्न थालेपछि रोक्न गएका नेपालीमाथि आक्रमण गरिएको थियो । आक्रोशित नेपालीले भारतीयले बनाएको तटबन्ध भत्काएका थिए। त्यसपछि भएको झडपका क्रममा १२ घाइते भएका छन् ।

तीन मध्ये ६ जनाको टाउँको फुटेको छ । बिहीबार अबेर राति त्यहाँबाट भारतीय र नेपाली पक्ष दुवै गएपछि स्थिति सामान्य भए पनि शुक्रवार बिहानैबाट भारतीय पक्षले पुनः तटबन्ध बनाउन थाले। नेताहरू फेरि प्रतिकारमा उत्रेका थिए । विवादका कारण शुक्रवार साँझसम्म नेपाल–भारत सीमाको कुनौली नाका ठप्प छ ।

शुक्रवारको बैठकमा तत्काल दशगजामा कुनै किसिमको तटबन्ध नबनाउने सहमति भएको सप्तरीका प्रहरी उपरीक्षक भीमप्रसाद ढकालले बताउनुभयो ।

तपाईको प्रतिक्रिया