Deneme Bonusu Veren Siteler
आइतबार, पौष २८, २०८१
Sunday, January 12, 2025

काठमाडौँ – इस्लामिक अतिवादी संगठन (आईएस)ले कोसी ब्यारेज भत्काइदिने चेतावनी दिएको भारतीय दाबीपछि सुनसरी र सप्तरीमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

मुस्लिम अतिवादी संगठनहरू लस्करे तोइवा, मुजाहिद्दिन र जेएसए मोहम्मद समूहले सप्तकोसी ब्यारेज भत्काइदिने चेतावनी दिएको भन्दै सोमबार बिहारस्थित सुपौलका डिष्ट्रिक्ट मजिस्टेड वैधनाथ यादवले सुनसरी, मोरङ र सप्तरीका प्रमुख जिल्ला अधिकारीलाई पत्राचार गरी सुरक्षा सावधानी अपनाउन माग गर्नुभएको आजको कारोबार दैनिकमा खबर छ । Koshi-Nadi-390x273

नेपालमा सरकार परिवर्तनको प्रक्रिया चलिरहेका बेला भारतीय पक्षबाट अतिसंवेदनशील क्षेत्रसँग सम्बन्धित विषयमा आकस्मिक चासो देखाउनुलाई जानकारहरूले ‘सन्देहास्पद’ गतिविधि भनेका छन् । भारतीय पक्षको आग्रहपछि ३ वटै जिल्ला प्रशासन कार्यालयले सीमा तथा ब्यारेज आसपासको सुरक्षामा नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई तैनाथ गराएका छन् ।

सुनसरीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर चापागाईंले कोसी ब्यारेज क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त क्याम्प राखेर सवारी र पैदलयात्रीमा निगरानी बढाएको बताउनुभयो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया