Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन ०५, २०८१
Saturday, September 21, 2024

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएपछि नयाँ सरकार गठनको लागि बाटो खुलेको छ।
व्यवस्थापिका संसदमा प्रस्तुत सरकारविरुद्धको अविश्वस प्रस्ताव भारी मतले पारित हुने सम्भावना बढेसँगै प्रधानमन्त्रीले आइतबार संसद बैठकमा राजीनामा घोषणा गरेका हुन्।
यससँगै प्रधानमन्त्री हुने लाइनमा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई मुलुकको कार्यकारी प्रमुखको जिम्मेवारी सम्हाल्न मार्ग प्रशस्त भएको छ भनि नागरिक दैनिकमा समाचार प्रकाशन भएको छ।यसअघि नै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र माओवादीले आलोपालो सरकार सञ्चालन गर्ने, पहिलो सरकारको नेतृत्व प्रचण्डले गर्ने सहमति जुटाइसकेका छन्।
राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार प्रधानमन्त्रीको राजीनामा स्वीकृत गर्दै संसदमा सहभागी राजनीतिक दललाई सहमतिको सरकार गठनका लागि आह्वान गर्ने तयारी थालेकी छिन्। परम्परा र संवैधानिक व्यवस्थाअनुसार राष्ट्रपतिले सोमबार सात दिनको समय दिएर सहमतीय सरकारका लागि आह्वान गर्नेछिन्।

तपाईको प्रतिक्रिया