Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन ०५, २०८१
Saturday, September 21, 2024

काठमाडौं – सरकारले वैधानिक रुपमै रोजगारी खुला गरेको दक्षिण कोरियाबाट रेमिट्यान्सको ठूलो हिस्सा भने अवैध बाटो भित्रिने गरेको छ। त्यहाँबाट झन्डै ९६ प्रतिशत रकम डुन्डीमार्फत आउने गरेको भनि नागरिक दैनिकमा समाचार प्रकाशन भएको छ।

सरकारले तोकेका माध्यम बैंक तथा रेमिट्यान्स कम्पनीबाट रकम पठाउँदा महँगो पर्ने भन्दै नेपाली श्रमिकले चारेबाटो प्रयोग गरिरहेका हुन्। बैंकहरुले रेमिट्यान्स रकम पठाएबापत चर्को मूल्य असुल्ने गरेको भुक्तभागी बताउँछन्। दक्षिण कोरियाबाट ४ प्रतिशत रकम मात्रै वैधानिक माध्यमबाट आउने गरेको नेपाल राष्ट्र बैंकले जनाएको छ। त्यहीबाट वार्षिक ४२ अर्ब रुपैयाँ नेपाल भित्रिने गरेको बैंकका कार्यकारी निर्देशक एवम् विदेशी मुद्रा विनिमय व्यवस्थापन विभाग प्रमुख भीष्मराज ढुंगानाले बताए।

सन् २००८यता झन्डै ३६ हजार नेपाली कोरिया पुगेका छन्। कोरिया सरकारले प्रत्येक वर्ष ठूलो संख्यामा नेपाली कामदार लैजाँदै आएको छ। यस वर्ष कृषि क्षेत्रमा काम गर्न २ हजार १ सय र औद्योगिक क्षेत्रका लागि एक हजार गरी ३ हजार १ सय कामदार जाँदैछन् ।

तपाईको प्रतिक्रिया