Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन ०५, २०८१
Saturday, September 21, 2024

काठमाडौँ – पूर्वराजा ज्ञानेन्द्र शाह स–परिवार शुक्रवार राति युरोपतर्फ प्रस्थान गर्नुभएको छ । उँहा युरोपेली राष्ट्र इटालीतर्फ प्रस्थान गर्नुभएको हो ।

छोरा पारसलाई निर्मल निवासमा रुङ्ने जिम्मेवारी दिएर उनी दुई साता लामो इटाली भ्रमणमा निस्कनुभएको आजको नेपाल समाचारपत्र दैनिकमा खबर छ । उहाँका साथमा पूर्वरानी कोमल, बुहारी हिमानी, नाति ह्दयेन्द्र, नातिनीद्वय पूर्णिका र कीर्तिका, शाही अर्दली हस्तवहादुर थापा, दुई नानी, निजी सचिव सागर तिमिल्सिना, अंगरक्षक गगन श्रेष्ठसहितको टोली इटाली प्रस्थान गरेको हो । Gyanendra-and-Komal-Shasha

सुनाकोठी बस्दै आएका पारस घर कुर्न निर्मल निवास पुग्नुभएको हो । नाति नातिनाको बिदा मनाउन सपरिवार विदेश भ्रमणमा निक्स्केको स्रोतले जनाएको छ । नितान्त व्यक्तिगत भ्रमणमा निस्केका पूर्वराजाले त्यहाँको ऐतिहासिक स्थलहरुको अवलोकन गर्ने बुझिएको छ । उहाँ कतार ट्रान्जिट हुँदै इटालीजाने कार्यक्रम तय भएको निर्मल निवास स्रोतले जनाएको छ ।

इटाली बसाइको क्रममा उनले त्यहाँ रहेका नेपालीसँग पनि भेटघाट गर्ने कार्यक्रम तय भएको छ । सरकार परिवर्तनको किचलो चलिरहेको र कतिपय पक्षले राजतन्त्र र हिन्दु धर्मको वकालत गरिरहेका बेला उनी भने बिदा मनाउन हिँड्नुलाई अर्थपूर्ण रूपमा लिइएको छ ।

तपाईको प्रतिक्रिया