Deneme Bonusu Veren Siteler
आइतबार, पौष २८, २०८१
Sunday, January 12, 2025

काठमाडौँ – नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एमाले र काँग्रेस–माओवादी केन्द्रवीच अविश्वासको प्रस्ताव पहिले कि आश्रित विधेयक कुन पहिले अघि बढाउने भन्नेमा विवाद भएर संसद बैठक चल्न नसकिरहेका बेला नयाँ प्रस्ताव गर्नुभयो ।

उँहाले वर्तमान समस्या समाधानका लागि चार नयाँ प्रस्ताव ल्याउनुभएको आजको नयाँ पत्रिका दैनिकमा खबर छ । उहाँको प्रस्तावले नयाँ तरंग समेत ल्याएको छ । s1

यी हुन् पौडेलका चार प्रस्ताव :

१. बजेटआश्रित विधेयक पारित गराउने

संसदमा १५ जेठमा आर्थिक वर्ष ०७३/७४ को बजेट पेस भएको थियो । विनियोजन विधेयक सदनबाट पारित भएको छ । बजेटआश्रित राष्ट्र ऋण उठाउने विधेयक, ऋण तथा जमानत विधेयक र आर्थिक विधेयक सदनबाट पारित हुन बाँकी छ । यी तीन विधेयक पहिलो चरणमा पारित गराउने प्रस्ताव छ ।

२. अविश्वास प्रस्ताव फिर्ता लिने
दोस्रो चरणमा प्रधानमन्त्री केपी ओलीविरुद्धको अविश्वास प्रस्ताव फिर्ता लिने विकल्प छ । काँग्रेस, माओवादी केन्द्र र नेकपा संयुक्तले संसद्मा २९ असारमा ओलीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेका थिए ।

३. प्रधानमन्त्रीले तत्काल राजीनामा दिने बजेट पारित
आश्रित विधेयक पारित र अविश्वास प्रस्ताव फिर्ता भएपछि तेस्रो चरणमा अल्पमतमा परिसकेका प्रधानमन्त्री केपी ओलीले राजीनामा दिने प्रस्ताव गरिएको छ ।

४. नयाँ सरकार गठन प्रक्रिया सुरु गर्ने
प्रधानमन्त्री ओलीले राजीनामा दिएसँगै नयाँ सरकारको निर्वाचन प्रक्रिया पनि एकसाथ अगाडि बढाउने प्रस्ताव छ । प्याकेज सहमति अनुसार सरकार गठन र संविधान कार्यान्वयनमा एमालेले पनि सहयोग गर्नुपर्ने पौडेलको प्रस्ताव छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया