Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन ०६, २०८१
Sunday, September 22, 2024

काठमाडौँ – शीर्ष नेताको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ सरकार गठनका लागि संविधान संशोधन गर्नु पर्ने अडान लिए पनि उनकै दल एमालेभित्र यस विषयमा एकमत देखिएन् ।

पछिल्लो स्थायी कमिटी बैठकमा वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेताल सहितका नेताले संविधान संशोधनतर्फ नलाग्न पार्टी अध्यक्ष समेत रहेका ओलीलाई सुझाव दिएको आनको नागरिक दैनिकमा खबर छ । बैठकमा उपाध्यक्ष भीम रावलसहित नेताले नयाँ सरकारका लागि संविधान संशोधन आवश्यक रहेको बताउनुभयो ।

एमाले सचिव योगेश भट्टराईले भने संविधान संशोधनतर्फ लाग्नु भनेको जोखिमको यात्रा सुरु गर्नु भएको बताउनुभयो । बैठकमा ओलीनिकट केही नेताले समेत संविधान अस्पष्ट रहेपनि त्यस विषयलाई पार्टीले बढी चर्काउँदा पार्टी र प्रधानमनत्रीको लोकप्रियता गुम्न सक्ने तर्फ सचेत गराउनुभएको थियो ।

तपाईको प्रतिक्रिया