Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन ०६, २०८१
Sunday, September 22, 2024

काठमाडौँ – ताप्लेजुङमा गत वर्षको पहिरोमा परी घाइते तथा विस्थापित भएकाहरुले डा. गोविन्द केसीको जीवनरक्षाका लागि अपिल गरेका छन् ।

लिवाङ, खोक्लिङ, सान्थाक्रा, थिङलाबु र लिङतेपका पीडित परिवारका प्रतिनिधि र सदरमुकामको लिटलबुद्ध इंग्लिस बोर्डिङ स्कुलका विद्यार्थीले संयुक्त विज्ञप्तिमार्फत डा. केसीको जीवनरक्षाको माग गरेको आजको कान्तिपुर दैनिकमा खबर छ ।

अनशनरत डा. केसीले गत वर्ष जेठ २७ गते रातीको पहिरोमा परी विस्थापित भएकाहरुको गाउँमै पुगेर उपचार गरेका थिए । त्यतिबेलासम्म जिल्लाका चिकित्सक घटनास्थल पुगेका थिएनन् ।

सोही बेलादेखि पहिरो पीडितले उनलाई ‘संकटका डाक्टर’ संज्ञा दिएका छन् ।

तपाईको प्रतिक्रिया