Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन ०६, २०८१
Sunday, September 22, 2024

काठमाडौं – माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसदमा गणितका हिसाबले माओवादी केन्द्र तेस्रो भए पनि पछिल्ला घटनाक्रमले पहिलो दलका रूपमा स्थापित गरिसकेको बताउनुभएको छ ।

उहांले १० वटा माओवादी घटकलाई मिलाएर नयाँ माओवादी बनाए पछि माओवादी अहिले पहिलो शक्तिका रूपमा उभिएको दाबी गर्नुभएको आजको नयाँ पत्रिका दैनिकमा खबर छ । संसदीय दलको बैठकमा प्रचण्डले भन्नुभयो, ‘अरूले होच्याउने, खिसिटिउरी गर्ने गरे पनि त्यसको सशक्त प्रतिवाद गर्दै हामी अगाडि बढ्नुपर्छ । हामी विगतमा प्रतिपक्षमा भए पनि भूकम्पपछिको स्थितिमा प्रतिपक्षी व्यवहार कहिल्यै प्रदर्शन गरेनौं । Prachanda-Dahal

त्यसवेला संविधान निर्माणको पहल हामीले नै लियौँ । संविधानमा आदिवासी थारू, मधेसीहरू समेटिन सकेनन् । उनीहरूको माग सम्बोधन गर्ने विषयमा आवाज उठाइरह्यौँ, तर त्यस विषयमा पनि ओलीजीले पहल लिन सक्नुभएन ।’ गोरखा, ओखलढुंगा लगायतका क्षेत्रमा माओवादी नेता–कार्यकर्तामाथि यसबीचमा मुद्दा लगाउने काम भएको प्रचण्डको भनाइ थियो । उहाँले त्यस्तो काममा एमाले निकटका कानुन व्यवसायी नै अग्रपंक्तिमा उभिएर लागेको आरोप लगाउनुभयो ।

उहाँले थप्नुभयो, ‘माओवादीमा पनि प्रचण्डलाई नै मुद्दा हाल्ने र जेल चलान गर्नुपर्ने जस्ता योजनासम्म उनीहरूले बुने । माओवादीलाई ह्याँकुलाले मिच्न सकिन्छ भनेजसरी उहाँहरू लाग्नुभयो । सत्तासाझेदार दलको व्यवहार माओवादीसँग कहिल्यै देखाउनुभएन ।’

अल्पमतमा परिसकेपछि प्रधानमन्त्रीले राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्ने भए पनि ओलीले त्यसरी नसोचेको प्रचण्डले बताउनुभयो । ***

तपाईको प्रतिक्रिया