Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन ०६, २०८१
Sunday, September 22, 2024

काठमाडौँ – उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री विजयकुमार गच्छदारले नेतृत्व गरेको मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) ले सरकारबाट हटने निर्णय गरेको छ ।

पार्टीका नेताहरूले यसलाई तत्कालै सार्वजनिक नगर्ने निर्णय गरेकाले विज्ञप्ति जारी नगरिएको नाम नखुलाउने सर्तमा बैठकमा सहभागी एक नेताले जनाए । पार्टी स्रोतका अनुसार औपचारिक रूपमा पार्टीले तीन ठुला दललाई देशलाई मुठभेडबाट जोगाउन आवश्यक पहल गर्न आग्रह गर्ने निर्णय गरिएको आजको कारोबार दैनिकमा खबर छ ।

कार्यसम्पादन समितिका सदस्य र काठमाडौँमा उपस्थित सांसदहरूको उपस्थितिमा यो निर्णय गरिएको छ । बिहीबार बस्ने संसद्को बैठकको अवस्थालाई अवलोकन गरी पार्टीले वर्तमान राजनीतिक परिस्थितिबारे लिइएको निर्णय सार्वजनिक गरिने ती नेताले जनाए ।

तपाईको प्रतिक्रिया