Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन ०५, २०८१
Saturday, September 21, 2024

डोल्पा – डोल्पाको त्रिपुराकोट गाविसको त्रिपुराकोटमा रहेको स्वास्थ्य केन्द्रमा पहिलो पटक प्रसूति सेवा सुरु गरिएको छ ।

भवन निर्माण भए पनि प्रसूति सामग्री तथा दक्ष स्वास्थ्यकर्मीको अभावमा सञ्चालनमा आउन सकेको थिएन । स्वास्थ्य चौकी इन्चार्ज अनन्त चौधरीका अनुसार अहिले तालिमप्राप्त स्वास्थ्यकर्मी र आवश्यक सामग्रीको व्यवस्था गरिएको हो ।

प्रसूति केन्द्र सञ्चालनमा आएपछि सुरक्षित प्रसूतिको अभावमा अकालमै ज्यान गुमाउने गरेका त्रिपुराकोट गाविसका महिलालाई राहत हुने भएको छ ।

तपाईको प्रतिक्रिया