Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन ०६, २०८१
Sunday, September 22, 2024

काठमाडौं – हावाबाट तीन हजार मेगावाट बिजुली उत्पादनको प्रस्ताव गर्ने कम्पनी सम्पर्कविहीन भएको छ। दी गोर्खाज युकेले प्रस्ताव पेस नगरेपछि लगानी बोर्डले निर्णय खारेजीको तयारी गरेको छ।
प्रधानमन्त्री अध्यक्ष रहने लगानी बोर्डको ११ माघको बैठकले हावाबाट बिजुली उत्पादन गर्न तीन महिनाभित्र विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) पेस गर्न दी गोर्खाज युकेलाई निर्देशन दिएको थियो। बोर्डले निर्देशन दिएको ६ महिना पुग्ने वेलासम्म कम्पनीले डिपिआर पेस गरेको छैन।
कम्पनीका सञ्चालक नै सम्पर्कमा नरहेको बोर्डका प्रवक्ता सहसचिव रवि भट्टराईले बताए। ‘डिपिआर पेस गर्न दिएको समयसीमा कम्पनीले गुजारिसकेको छ, कम्पनीका व्यक्ति नै सम्पर्कमा छैनन्,’ भट्टराईले भने,‘हावाबाट बिजुली निकाल्न त्यो कम्पनीलाई दिनेबारे यसअघिको निर्णय खारेजीका लागि बोर्ड बैठकमा पेस गर्दै छौँ।’ प्रधानमन्त्री केपी ओलीले सो कम्पनीकै भनाइकै आधारमा हावाबाट बिजुली निकाल्ने भाषण गरेका थिए। प्रधानमन्त्री ओलीनजिकका व्यवसायी वसन्त भुजेलले हावाबाट बिजुली निकाल्ने निवेदन दिएका थिए। भुजेलको कम्पनी दी गोर्खाज् युकेले पहिलो चरणमा तीन सय र तीन वर्षमा तीन हजार मेगावाटसम्म वायु ऊर्जा उत्पादन गर्ने आशयको निवेदन बोर्डमा दिएको थियो। बोर्ड स्रोतले हावाबाट बिजुली ‘हावाजस्तै’ भएको बतायो। स्रोतले भन्यो,‘कम्पनी पनि हावा नै रहेछ।’ नयाँ पत्रिका दैनिकमा समाचार छ।

तपाईको प्रतिक्रिया