Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन ०५, २०८१
Saturday, September 21, 2024

भक्तपुर – मध्यपुरथिमि नगरपालिका–१६ मनोहरास्थित आँखा, नाक, कान, घाँटीको बाल अस्पताल तथा पुनःस्थापना केन्द्रमा ‘रेटिना आई केयर नेपाल’ आयोजना सुरु भएको छ । अस्पतालमा आज विपी आई फाउन्डेसन र जाइकाको सहयोगमा सुरु भएको आयोजनाको आज नेपालका लागि जापानी राजदूत मासाह ओगावाले उद्घाटन गर्नुभयो ।

उहाँले नेपाल र जापानको सम्बन्ध एकदमै सुमधुर रहेको चर्चा गर्दै यस कार्यक्रमले दुई देशबीचको सम्बन्ध अझ उचाइमा पुग्ने बताउनुभयो । विपी आई फाउन्डेसनका अध्यक्ष पूर्णचन्द्र कर्माचार्यले नेपालमा जटिल समस्याको रुपमा रहेको आँखाको रेटिना उपचारमा समुदायस्तरमै गएर रोगीलाई सेवा दिन निकै मद्दत पुरयाएको बताउनुभयो ।

मानिसको आँखाको रेटिनासम्बन्धी रोगको उपचारमा सहज बनाउन एवम् आम नागरिकको पहुँचमा पु¥याउने उद्देश्यले सुरु भएको आयोजना तीन वर्षसम्म सञ्चालन हुने अस्पतालका निर्देशक डा सञ्जीव उपाध्यायले जानकारी दिनुभयो । आयोजना अवधिभर नेपालमा कमी रहेको रेटिनामा लाग्ने रोगको उपचारमा काम गर्ने चिकित्सकको नेपालमा अभाव रहेकाले भएका चिकित्सकलाई तालिम प्रदान गरी दक्षता अभिवृद्धि गर्ने बताउनुभयो ।

समुदायस्तरमै गएर रेटिनामा लाग्ने रोगको बारेमा शिविर सञ्चालन गर्ने र उनीहरुको उपचारमा दिने तथा चिकित्सक एवम् विज्ञसँग अन्तक्र्रिया गरेर रेटिनाको रोग न्यूनीकरण गर्न टेवा पुरयाउने भएको छ । जापानको टोकुसिमा विश्वविद्यालयको समन्वय एवम् जाइकाको सहयोगमा उक्त आयोजना करिब रु तीन करोड ५४ लाखको लागतमा सञ्चालन हुने भएको हो ।

अस्पतालमै आयोजनाको कार्यालय सञ्चालन गरेर जाईकाको प्रतिनिधिसमेत रहने आयोजनामा नेपालका चिकित्सकलाई जापानको टोकुसिमा विश्वविद्यालयमा लैजाने र टोकुसिमा विश्वविद्यालयका चिकित्सक नेपालमा ल्याएर तालिम दिइने भएको छ । नेपालको समुदायमा आँखाको रोगीमध्ये २३ प्रतिशत रेटिनाको रोगी पाइएकाले समुदायमा आयोजना गरिने शिविरबाट त्यस्ता बिरामीको पहिचान गरी उपचार गरिने भएको छ ।

कार्यक्रममा जाईका नेपालका प्रमुख प्रतिनिधि जुन साकामा, टोकुसिमा विश्वविद्यालयका उपकुलपति तोसिहिको नेगट, आयोजनाका नेपालस्थित प्रतिनिधि प्रा डा नाइटोले आयोजनाको सवल पक्षका बारेमा चर्चा गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया