Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक १६, २०८१
Friday, November 1, 2024

काठमाडौँ – माओवादी केन्द्रको दोस्रो वरियताका नेता नारायणकाजी श्रेष्ठले सरकारलाई दिएको समर्थन फिर्ता लिने र अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री बन्ने बारे आफूलाई औपचारिक जानकारी नभएको बताउनुभएको छ । Narayan-kaji-Shrestha

उँहाले निर्णय अपारदर्शी ढङ्गले भएको भन्दै पाटीभित्र असन्तुष्टि समेत राख्नुभएको छ । ‘यो खबर मैले मिडियाबाट थाहा पाएको हुँ, त्यसपछि पार्टी अध्यक्षले फोन गर्नुभयो,’ श्रेष्ठले भन्नुभयो, ‘मेरा केही कुराहरू छन्, तर पाटीभित्रै राख्छु ।’ श्रेष्ठले किन असन्तुष्ट भएका हुन् भन्नेबारे थप बोल्न चाहानुभएन् । पार्टीको बेठकमा असहमति राख्ने तयारी उँहाले गर्नुभएको आजको कान्तिपुर दैनिकमा खबर छ ।

उच्च स्रोतका अनुसार सोमबारको हेडक्वार्टर बैठकमा श्रेष्ठले ओली नेतृत्वको सरकार कायम राख्नुका पाँच कारण राख्नुभएको थियो । उँहाले ओली सरकार ढलेमा वामपन्थी एकता भत्कने, देश बहुमतीय खेलमा फेरि लाग्ने हुँदा अस्थिरता आउने, प्रगतिशील बजेट कार्यान्वयन नहुने र चिनियाँ राष्ट्रपति सी जिनपिङको भ्रमणबाट दुई देशीय सम्बन्धमा हुन लागेको विकास अवरुद्ध हुन सक्ने खतरा औंल्याउनुभयो ।

‘कतिपय साथीहरूलाई माओवादीले एमालेसँग राखेका माग पूरा हुने पो हुन् कि भन्ने चिन्ता भएजस्तो छ,’ श्रेष्ठले बैठकमा व्यंग्य गर्नुभएको थियो,‘वाम एकता भत्कन दिनुहुदैन, यो संसारमै उदाहरणीय छ ।’

तपाईको प्रतिक्रिया