Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024

Morcha-Logoटोकियो – नेपालमा एनेकपा माओबादी लगायत अन्य १० माओबादी पार्टी बिच एकता भई माओबादी केन्द्रको निर्माण भएपछि उनीहरुका प्रवासमा रहेका भात्तृ संगठनहरुको बिचमा पनि एकताको लहर सुरु भएको छ ।

यसै क्रममा जापानमा रहेका तत्कालिन एनेकपा माओबादीको भात्तृ संगठन नेपाली जनप्रगतिशील मोर्चा जापान र नेकपा-माओबादी (वैद्य) को भात्तृसंगठन नेपाली जनप्रगतिशील मञ्च जापानको बिचमा एकता हुने भएको छ । जसअनुसार आगामी सेप्टेम्बर १८ तारिखका दिन एकताको अधिबेशन गर्ने निर्णय भएको छ ।

नेपाली जनप्रगतिशील मोर्चा जापानको एकता अधिबेशन सम्पन्न गर्नका लागि मञ्चका अध्यक्ष हर्क थापाको संयोजकत्व र मोर्चाका अध्यक्ष अरुणकुमार श्रेष्ठको उपसंयोजकत्वमा १०१ सदस्यीय एकता अधिबेशन आयोजक समिति र १७ सदस्यीय सचिबालय समिति सहित बिभिन्न बिभागहरुको गठन गरी तयारीलाई अगाडि बढाईएको छ ।

गत आईतबार भएको मोर्चा र मञ्चका पदाधिकारीहरुको संयुक्त बैठकले दुबै संगठनका केन्द्रिय तथा क्षेत्रिय समितिहरु बिघटन गरी एकता अधिबेशन गर्ने निर्णय भएको मञ्चका महासचिव भवानी पन्तले समुद्रपारिलाई बताए ।

एकताको अधिवेशन गर्नका लागि बिभिन्न बिभाग र संयोजकहरु तोकी कार्यबिभाजन समेत गरिएको छ । जसअनुसार कार्यालय ब्यवस्थापन बिभागमा हर्क थापा, संगठन बिभागमा हवलचन्द्र लामा, प्रचारप्रसार बिभागमा भवानी पन्त, आर्थिक बिभागमा मोहन पौडेल, स्वयंसेवक ब्यवस्थापन बिभागमा श्यामहरी पाण्डे, हल ब्यवस्थापनमा रामहरी पुडासैनी लाई जिम्मेवारी दिईएको छ ।

मुलुकको अग्रगामी परिवर्तनको संबाहक शक्तिको रुपमा रहेको माओबादी शक्तिहरुमा केहि बर्ष अघिदेखि फुटको लहर चलेको भएपनि मुलुकको ऐतिहासिक आवश्यकतालाई महशुस गर्दै माओबादी शक्तिहरु एकजुट हुन थालेका हुन् । त्यससंगै माओबादी समर्थक जनबर्गीय तथा भात्तृसंगठनहरुको बिचमा पनि एकताको क्रम चलिरहेको अवस्थामा सम्पूर्ण माओबादी समर्थक महानुभावहरुलाई एकजुट हुन र बिशेषगरी जापानमा रहनुभएका माओबादी समर्थक दाजुभाइ दिदीबहिनीहरुलाई नेपाली जनप्रगतिशील मोर्चा जापानको झण्डामुनि गोलबन्द हुन मोर्चाका अध्यक्ष अरुणकुमार श्रेष्ठ र मञ्चका अध्यक्ष समेत रहेका एकता अधिबेशन आयोजक समितिका संयोजक हर्क थापाले अपिल गरेका छन । ***

तपाईको प्रतिक्रिया