Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024

काठमाडौं – सत्तारुढ दलले सरकारका काम कारबाहीलाई थप प्रभावकारी ढङ्गले अघि बढाउने भएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा आइतबारसाँझ अबेरसम्म बसेको सत्तारुढ दलको बैठकले गठबन्धनभित्र देखिएका कमीकमजोरीलाई सच्याएर सरकारलाई प्रभावकारी रुपमा अघि बढाउने निर्णय गरेको हो । सत्तारुढ नेकपा (एमाले) र नेकपा ९माओवादी केन्द्र० का नेताले दिएको प्रतिक्रिया अनुसार सत्ता सञ्चालनका विषयमा देखिएका कमीकमजोरीलाई सुदृढ र प्रभावकारी ढङ्गले समाधान गर्ने विषयमा छलफल भएको हो ।

बैठकले सत्ता सञ्चालनलाई अझ प्रभावकारी बनाउने र गठबन्धनमा देखिएको खटपट र मतभेदलाई किनारा लगाउन प्रमुख दुई पार्टीका शीर्ष नेतालाई भिन्नै बसेर टुङ्गो लगाउने जिम्मेवारी पनि दिएको छ । सत्ता गठबन्धनमा देखिएको असमझदारीको अन्त्यका लागि नेकपा ९एमाले० का अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख साझेदार नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई छलफल गरी टुङ्गो लगाउने जिम्मेवारी दिइएको एमाले उपाध्यक्ष वामदेव गौतमले सञ्चारकर्मीलाई जानकारी दिनुभयो ।

उहाँका अनुसार सोमबार थप गृहकार्यका साथ शीर्ष नेता बसेर असमझदारी अन्त्य गर्ने र मङ्गलबार पुनः बस्ने सत्तारुढ दलको बैठकले वर्तमान गठबन्धनलाई निरन्तरता दिने निर्णय गर्नेछ । पछिल्लो समय सरकार परिवर्तनको हल्ला चलिरहेका बेला वर्तमान गठबन्धनलाई थप मजबुद बनाएर लैजाने गरी सत्तारुढ दलले छलफल गरेको बताइएको छ ।

तपाईको प्रतिक्रिया