Deneme Bonusu Veren Siteler
मंगलबार, माघ ०१, २०८१
Tuesday, January 14, 2025

भक्तपुर – भक्तपुरको व्यासीस्थित भूकम्पपीडितको शिविरमा बस्दै आएका अम्मर नापितको परिवारलाई पानी पर्ने बित्तिकै ओछ्यान सम्हाल्नै मुस्किल पर्छ ।
भूकम्पले घर भत्काएपछि विगत १४ महिनादेखि यहाँको शिविरको त्रिपालमा आश्रय लिँदै आएको नापितको पाँच जना परिवारलाई मात्रै नभई यो शिविरमा बस्ने ५५ परिवारको चिन्ता एउटै छ । जाडो, घाम, गर्मी छिचोल्दै आएका यहाँका बासिन्दालाई गत वर्षको वर्षा काट्नभन्दा यस वर्षको वर्षा काट्न निकै सकस परेको छ । गत वर्ष नयाँ त्रिपालले वर्षा धाने पनि यस वर्ष भने पुरानो र मक्किएको त्रिपालले पानी थेग्न नसकेपछि उनी विचल्लीमा परेका छन् ।
सँगैको कल्पना नापितको गुनासो पनि उस्तै छ । उहाँ भन्नुहुन्छ– “आकासबाट पानी पर्न थालेपछि त्रिपालभित्र भान्छा र ओछ्यान जोगाउनै गाह्रो हुन्छ, कहिलेकाहीँ त माथिबाट आउने वर्षाको भेल समेत त्रिपालभित्र पसेपछि बस्ने ठाउँ समेत हुँदैन, कस्तो विचल्लीमा प¥यौँ हामी ।” रहर र केही पाइएला कि भन्ने आशाले होइन, जाने ठाउँ, बस्ने कोठा र घर बनाउने औकात नभएपछि यही शिविरमा गुजारा चलाउँदै आउनु परेको शिविरका बासिन्दा बताउँछन् ।
बूढाबूढी, बालबालिका र अपाङ्गलाई शिविरभित्रको बसाइँ अझ कष्टकर बनेको छ । बाहिर कोठा नपाउने, महँगो भाडा तिर्न नसक्ने भूकम्पपीडित निकै समस्यामा परेका छन् । यहाँका बासिन्दालाई सरकारले अनुदान देला र घर बनाउला भन्ने आशा समेत अब छैन । शिविरभित्र सर्पको त्रास उत्तिकै छ भने खानेपानीको चरम अभावले पर टोलटोल पानीको खोजीमा भौतारिन पर्छ । कि त एक ग्रागी पानीको रु पाँच तिरेर किन्नु पर्छ ।
सोही शिविरकी मङ्गललक्ष्मी शाही घर बनाउन सक्ने अवस्था नभएकाले शिविरमा बस्न बाध्य भएको बताउनुहन्छ । डेढ आना जग्गामा बनेको घरमा तीन जनाको परिवार छुट्टिएर बस्दै आए पनि भूकम्पले घर भत्काए पछि भने उनीहरुको विचल्ली भएको बताउनुहुन्छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया