Deneme Bonusu Veren Siteler
बुधबार, पौष २४, २०८१
Wednesday, January 8, 2025

2

धादिङ – असार १५ गतेदेखि परेको अविरल वर्षाका कारण गएको पहिरोले धादिङ जिल्लाको उत्तरी विकट री गाविस – ९, चेप्राङका ८ घरपरिवार जोखिममा परेको छ । ८ घरमा १९ जना रहेको अनुमान गरिएको छ ।
बस्तीको दुवैतिरबाट ठूलो पहिरो खसेपछि बस्ती संकटमा परेको छ । चेप्राङ गाउँको बायाँमा रहेको पंगली खोला र दायाँमा रहेको चेप्राङ्गखोला दुबै ठाउँमा लगातार पहिरो गइरहेकोले गाउँ जोखिममा परेको धादिङका प्रमुख जिल्ला अधिकारी विश्वप्रकास सुवेदीले समुद्रपारिलाई बताउनु भयो । तीन दिनसम्म पनि लगातार पानी परेका कारणले उद्धारमा कठीनाइ आएको हो । उद्धारका लागि सेनाको हेलिकोप्टर काठमाडौंमा तयारी अवस्थामा छ तर मौसम खराबीका कारण जान सकिएको छैन । प्रमुख जिल्ला अधिकारी सुवेदी भन्नुहुन्छ – म तीन पटक हेलिकोप्टरमा पुगेर आएँ, तर उद्धारको कुनै सम्भावना देखिएन । उहाँले उद्धारका लागि स्थल मार्गबाट ९ घण्टा लगाएर प्रहरी गाउँ नजिकै पुगेपनि उद्धारको लागि सफल नभएको जानकारी दिनु भयो ।
पहिरोको बीचमा परेकाहरुसँग फोन सम्पर्क समेत हुन नसक्दा पूर्ण जानकारी आउन सकेको छैन । स्थानीयहरुले उद्धारका लागि पहल गरेपनि त्यो पनि सम्भव हुन सकेको छैन । सो भेगमा अहिलपनि अविरल वर्षा भइरहेको छ ।

तपाईको प्रतिक्रिया