Deneme Bonusu Veren Siteler
शुक्रबार, माघ ०४, २०८१
Friday, January 17, 2025

काठमाडौँ – तपाईँलाई सुन्दा अचम्म लाग्ला, एकमुठा सागभन्दा कपडा सस्तो हुन्छ भनेर । तर सामाखुसी टाउनप्लानिङमा रहेको एक पसलमा सागभन्दा कपडा सस्तोमा पाइन्छ । अहिले बजारमा एकमुठा सागको रु २० पर्छ तर उक्त पसलमा एउटा सर्ट भने रु १० मा नै पाउन सकिन्छ ।

समाजमा केही गरौँ भन्ने भावनाका साथ केही वर्ष कोरिया बसेर फर्केका पर्यटन व्यवसायी चीजमान गुरुङको अवधारणा अनुरूप पुराना सामान पुनः प्रयोग एवम् प्रशोधन गरी उक्त मूल्यमा बेच्ने गरिएको हो । सुखावती प्रतिष्ठानमार्फत सामाखुसीको टाउनप्लानिङमा पुराना कपडालाई पुनः प्रयोग गर्ने उद्देश्यका साथ उक्त पसल सञ्चालनमा ल्याइएको छ । विभिन्न ११७ वटा सामान पुनः प्रयोग गरी रु १० देखि एक हजारसम्म बेच्ने गरेको छ ।

समाज कल्याण परिषद्मा दर्ता भई शिक्षा र महिला उद्यमशलिता निर्माणका लागि उक्त प्रतिष्ठानले काम गर्दै आएको छ । सुखावती फाउन्डेसनका उपाध्यक्षसमेत रहनुभएका गुरुङले धन कमाएर वा गाडी चढेर मात्र सुख नहुने भन्दै समाजमा केही गरौँ भन्ने उद्देश्यका साथ प्रतिष्ठान स्थापना गरी समाजसेवा गरेको बताउनुभयो । तपाईँको पुरानो सामान कसैको लागि नयाँ हुन सक्छ । ‘माया बाँडौ खुसी बढाउँ’ भन्ने नाराका साथ सामाखुसी टाउनप्लानिङमा स्थापना भएको उक्त प्रतिष्ठानले भूकम्पमा निधन भएका परिवारको छोराछोरीलाई समेत शिक्षादीक्षा दिँदै आएको छ । प्रतिष्ठानले स्वदेशमा कसरी रोजगारी स्थापना गर्न सकिन्छ भन्ने उद्देश्यका साथ प्रयोग गर्न मिल्ने सामानलाई प्रयोग गरी दुखी जनताको सेवा गर्दै आएको छ । सो प्रतिष्ठानले मर्मत गर्न मिल्ने सामानलाई मर्मत गर्ने तथा मर्मत गर्न नमिल्ने सामानलाई प्रयोग नगर्ने गरेको छ ।

घर, कार्यालयमा जुनसुकै सामान प्रयोग गर्दा किफायती उपयोग गर्नुपर्छ । प्रशोधन, पुनः प्रयोग गर्न सकिन्छ भने पुनः प्रयोग गर्नुपर्छ भन्ने यो संस्थाको मूलमन्त्र हो । गत वर्षमात्र उक्त प्रतिष्ठानले एक वर्षमा एक हजार ५०० केजी कपडा ल्याएकोमा २५ प्रतिशत प्रयोगमा ल्यायो । विभिन्न मेला र ठाउँमा राखिएको बिक्री कक्षबाट रु एक लाख २० हजार आम्दानी भएको सुखावती फाउन्डेसनका कोषाध्यक्ष कमला गुरुङले बताउनुभयो । उहाँले सो पसलमा स्वयम्सेवकका रूपमा काम गर्नुभएको छ ।

उहाँजस्तै केशकुमारी राना, लक्ष्मीदेवी गुरुङ, रञ्जना तामाङ, कल्पना गुरुङ, संगु सुब्बाले पनि स्वयम्सेवकका रूपमा काम गर्नुभएको छ ।  यस्तो पसल उपत्यका बाहिर फैलाउने उद्देश्य रहेको प्रतिष्ठानका महासचिव राजेन्द्रबहादुर लामाले बताउनुभयो । “खाली खुट्टा तरकारी बेच्दै आएको व्यक्तिदेखि माग्दै आएको व्यक्तिसम्मले रु १० मा जुत्ता र रु १० को पाइन्ट लैजाने गरेका छन्’, लामाले भन्नुभयो । कपडा, भान्साका सामान, विद्युतीय सामग्री, गमला र प्रयोगमा आउन सक्ने जुनसुकै सामान त्यहाँ बेचिन्छ । उक्त पसलमा रु १० देखि ८० सम्मका सर्ट तथा रु ४० देखि १०० सम्मको जिन्सपाइन्ट बेच्न राखिएका छन् । प्रतिष्ठानमा १३ स्वयम्सेवक छन् । दुई जनाले रोजगारी पाएका छन् ।

प्रतिष्ठानले भूकम्प गएको समयमा रसुवा, नुवाकोट, सिन्धुपाल्चोक, दोलखा, काभ्रेका पाँच हजारभन्दा बढी घरपरिवारलाई ब्युटिफुल स्टोर कोरियाको सहयोगमा सिरक वितरण गरेको थियो । ह्याप्पी फ््याक्ट्री कोरियाको सहयोगमा नुवाकोटको गामबँेसी निम्न माध्यमिक विद्यालयको भवनसमेत निर्माण गरेको छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया