Deneme Bonusu Veren Siteler
शुक्रबार, माघ ०४, २०८१
Friday, January 17, 2025

काठमाडौँ –पूर्वराष्ट्रपति डा. रामवरण यादवको घरभाडा राष्ट्रपति कार्यालयले भुक्तानी गर्ने भएको छ । भाडा लिन आउन घरधनीलाई शुक्रवार खबर गरिएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता ध्रुवराज आचार्यले बताउनुभयो ।

राष्ट्रपति कार्यालयले घरधनी रविभक्त विष्टलाई कर कट्टा गरी कात्तिकदेखि असारसम्मको घरभाडा १२ लाख ३९ हजार चार सय रुपैयाँ भुक्तानी दिन लागेको हो । ‘चेक तयार भइसकेको छ, घरधनीलाई भाडा लिन बोलाएका छौँ,’ सहायक प्रवक्ता आचार्यले भन्नुभयो, ‘सायद आइतबार आउनुहुन्छ होला ।’पूर्वराष्ट्रपति डा. यादव ललितपुर बागडोलका रविभक्त विष्टको घरमा भाडामा बस्दै आउनुभएको छ ।

मन्त्रिपरिषद्को २६ चैतको बैठकले अर्को व्यवस्था नभएसम्मका लागि पूर्वराष्ट्रपति यादवले प्रयोग गर्दै आएको निवासको भाडा, विद्युत् तथा खानेपानी महसुल भुक्तानी राष्ट्रपति कार्यलयले मिलाउने निर्णय गरेको थियो । रकम अर्थ मन्त्रालयले राष्ट्रपति कार्यालयलाई निकासा दिने निर्णय मन्त्रिपरिषद्को थियो । भाडा नपाएकाले डा. यादवलाई घरबाट हटाइदिन आदेशको माग गर्दै विष्टले ललितपुर जिल्ला अदालतमा मुद्दा समेत हाल्नुभएको थियो ।

घरभाडा भुक्तानीमा विवाद भएको समाचार सार्वजनिक भएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रवार पूर्वराष्ट्रपति डा. रामवरण यादवलाई टेलिफोन समेत गर्नुभएको आजको नयाँ पत्रिका दैनिकमा खबर छ । भण्डारीले डा. यादवसँग घरभाडा विवादलगायतका विषयमा जानकारी लिएको राष्ट्रपति कार्यालय स्रोतले बतायो ।

राष्ट्रपति भण्डारीले शुक्रवार दिउँसो कार्यालयका सचिव भूपेन्द्रप्रसाद पौडेलसहितको टोली पूर्वराष्ट्रपति डा. यादवको निवासमा पठाउनुभएको थियो । स्थलगत निरीक्षणपछि उनीहरूले अवस्थाबारे राष्ट्रपति भण्डारीलाई जानकारी गराएका थिए ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया