सरकार सकारात्मक नभएको भनाइ
काठमाडौँ – हालसम्म सरकारसँग भएका ३६ वटा वार्तामा पनि सरकारले निकास निकाल्न नसकेको भन्दै मधेसी मोर्चा र संघीय गणतान्त्रीक मञ्चले आजको संसद बैठक बहिष्कार गरेको छ ।
पटक–पटकको वार्तामा पनि सरकारले निकास निकाल्ने गरी कुनै कार्ययोजना नल्याएको भन्दै बार्ताका लागि सरकार सकारात्मक नभएको भन्दै मोर्चाले बैठक बहिष्कार गरेको हो । संघीय गठबन्धनले आन्दोलन गरिरहेको भए पनि सरकारले वार्ताका लागि पत्राचार गर्दा दलगत रुपमा पत्राचार गरेर वार्तामा गम्भीरता नदेखाएको गठबन्धनको आरोप छ ।
लोकतान्त्रिक सरकारको नाममा बनेको सरकार भूकम्पपीडितको राहतदेखि कालाबजारी महंगी नियन्त्रणमा असफल भएको पनि गठबन्धनले जनाएको छ ।