Deneme Bonusu Veren Siteler
बिहिबार, कार्तिक १५, २०८१
Thursday, October 31, 2024

काठमाडौँ – डिफेन्डिङ च्याम्पियन चिली कोपा अमेरिका फुटबलको क्वार्टरफाइनल प्रवेश गरेको छ । बुधवार बिहान भएको खेलमा पनामालाई ४–२ गोल अन्तरले पराजित गर्दै चिली क्वाटरफाइनल प्रवेश गरेको हो ।

खेलको पाँचौ मिनेटमै पनामाका लागि मिगुएल कामार्गोले गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए। तर, त्यो अग्रता धेरैबेर टिक्न सकेन् । खेलको १५ औँ मिनेटमा चिलीका इडु भार्गासले गोल गर्दै खेल बराबरीमा ल्याए । खेलको ४३ औँ मिनेटमा भार्गासले व्यक्तिगत दोस्रो गोल गरेपछि पहिलो हाफमा चिली २–१ को अग्रता लिन सफल भयो । यस्तै खेलको ५० औं मिनेटमा एलेक्स सान्चेजले गोल गर्दै टोलीलाई ३–१ के अग्रता दिलाए ।

७५ औं मिनेटमा पानामाका लागि अब्दिर अरोयोले गोल गर्दै चिलीको अग्रता ३–२ मा झारे । खेलको ८९ औं मिनेटमा एलेक्स सान्चेजले व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गरेपछि चिली ४–२ गोल अन्तरले विजयी भयो । जितसँगै डिफेन्डिङ च्याम्पियन चिली कोपा अमेरिका फुटबलको क्वाटरफाइनल प्रवेश गर्न सफल भएको छ ।

जितपछि चिली ७ अंकका साथ समूहको शीर्ष स्थानमा छ । तर, ६ अंकसहित अंकतालिकाको दोस्रो स्थानमा रहेको अर्जेन्टिनाले बोलिभियासँग खेलेपछि मात्र समूह विजेता उपविजेताको टुंगो लाग्नेछ । – एजेन्सी

तपाईको प्रतिक्रिया