Deneme Bonusu Veren Siteler
बिहिबार, कार्तिक १५, २०८१
Thursday, October 31, 2024

काठमाडौँ – कोपा अमेरिका कप चिलीले पहिलो जित हात पारेको छ । शनिबार बिहान भएको खेलमा चिलीले बोलिभियालाई २–१ गोल अन्तरले पराजित गर्दै जित हात पारेको हो ।

चिली पहिलो खेलमा अर्जेन्टिनासँग पराजित भएको थियो । चिलीले दोस्रो हाफको सुरुमा नै अग्रता लिएको थियो । उसका लागि भिडालले गोल गरे । तर, ६१ औं मिनेटमा बोलिभियाका कम्बोसले बराबरी गोल गरे ।

खेलको अन्तिममा चिलीले पेनाल्टी पायो र भिडालले गोल गर्दै २–१ गोल अन्तरको जित दिलाए । यो समूहमा अर्जेन्टिना, पानामा र चिलीको ३÷३ अंक भएको छ भने लगातार दुई हारसँगै  बोलिभिया प्रतियोगिताको समूहचरणबाटै बाहिरिएको छ । –एजेन्सी

तपाईको प्रतिक्रिया