काठमाडौँ – नेपाल प्रहरीले आज उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन गरेको छ ।
नेत्रविक्रम चन्द नेतृत्वको माओवादीले गरेको नेपाल बन्दले यात्रुलाई सास्ती भएको भन्दै प्रहरीले उपत्यकाका दुई रुटमा निः शुल्क बस सञ्चालन गरेको हो । बस साँझ पाँच बजेसम्म चल्ने प्रहरीले जनाएको छ । प्रहरीका अनुसार एउटा रुटको बस नक्साल– दरबारमार्ग – शहिदगेट– त्रिपुरेश्वर– कालिमाटी– कलंकी– बल्खु– एकान्तकुना– जावलाखेल– पुल्चोक– कुपण्डोल– माइतीघर – पुतलीसडक हुदैँ पुन नक्साल पुग्ने छ ।
त्यस्तै, अर्को रुटको बस नक्साल– बालुवाटार– नारायण गोपाल चोक–लाजिम्पाट – लैनचौर– शहिदगेट– त्रिपुरेश्वर– माइतघर– बबरमहल– तीनकुने –कोटेश्वर– गौशाला– मैतीदेवी हुँदै नक्साल पुग्ने जनाईएको छ ।